मेस्सीकाे उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित

कप्तान लियोनेल मेस्सीले २ गोद गरेसँगै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना जित निकालेको छ । मेस्सी चम्किएपछि बार्सिलोनाले गेटाफेमाथि शानदार जित निकालेको हो । 

गएराति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान मेस्सीले दुई गोल गरे । एन्टोनी ग्रिजम्यान र रोनाल्ड अरुजोले एक एक गोल थपे ।

बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो । गेटाफेका इनेस उनलले एक गोल फर्काए । गेटाफेले पनि एक गोल आत्मघाती उपहार पाएको थियो ।

बार्सिलोनालाई सुरुवाती अग्रता दिलाउने क्रममा मेस्सीले खेलको आठौँ मिनेटमा गोल गरेका थिए । खेलको १२औँ मिनेटमा बार्सिलोनाका क्लेमेन्ट लेग्लेटले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरी भयो ।

त्यसपछि २८औँ मिनेटमा गेटाफेका सोफियन चक्लाले आत्मघाती गोल गर्दा बार्सिलोनाले २–१ को अग्रता बनायो । खेलको ३३औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ को अग्रता दिलाए ।



यस्तै, ६९औँ मिनेटमा गेटाफेका इनेसले पेनाल्टीमा गोल गर्दा खेल ३–२ को स्थितिमा आयो । खेलको ८७औँ मिनेटमा रोनाल्डले गोल गर्दा बार्सिलोना ४–२ ले अघि रह्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ५–२ को जित दिलाए । जितसँगै बार्सिलोनाले ३१ खेलमा ६८ अंक जोडेको छ ।



बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । गेटाफे ३१ अंक जोडेर १५औँ स्थानमा रहेको छ ।

 

  • प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार ७:३६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया