रंगशाला निमार्णका लागि १ लाख सहयोग

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णका लागि १ लाख रुपैयाँ सहयोग गरेको छ । 

संघले शुक्रबार रंगशाला निमार्णमा अगुवाइ गरिरहेका धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई १ लाखको चेक हस्तान्तरण गरेको हो ।

संघले रंगशाला निमार्णमा आर्थिक सहयोग जुटाउने उद्देश्यले सुरु गरेका ‘हाम्रो रङ्गशालामा मेरो कुर्सी’नामक अभियानलाई साथ दिँदै सहयोग गरेको बताएको छ ।

संघले फागुनमा सम्पन्न एनएनआइपिए स्पोर्ट्स अवार्डबाट बचत भएको रकमध्येबाट १ लाख सहयोग गर्ने र रङ्गशालामा संस्थाको नाममा एउटा कुर्सी राख्ने जानकारी दिएको छ ।  

सहयोग रकम हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन  दीपक विष्ट, कराँते खेलाडी मण्डेकाजी श्रेष्ठ, तेक्वान्दो खेलाडी आयशा शाक्य लगायतको उपस्थिति थियो ।





  • प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार १५:५४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया