एमालेबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार 'बादल'

सत्तारुढ नेकपा एमालेले रिक्त राष्ट्रिय सभा सदस्यमा पार्टीका नवनियुक्त स्थायी समिति सदस्य रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित बादललाई पार्टीले कारवाही गरेपछि उनको राष्ट्रियसभा सदस्यको पद रिक्त भएको थियो । निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त पदका लागि बिहीबार उपनिर्वाचन मिति तोकेपछि एमालेले यो निर्णय लिएको हो।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा ३५ दिनभित्र सरकारले तोकेको मितिमा आयोगले बाँकी अवधिका लागि उप निर्वाचनद्वारा पूर्ति गर्ने कानुनी व्यवस्था छ ।
 





  • प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार १६:११:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया