कोरोना संक्रमणविरुद्ध सशक्त तयारी गर्न मुख्यमन्त्रीको निर्देशन

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पछिल्लो समयमा भयावह रुप लिँदै गइरहेको कोरोना महामारी नियन्त्रणका लागि आवश्यक तयारी गर्न सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन् । 

प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकमा शुक्रबार मुख्यमन्त्री राउतले प्रदेशका सबै निकायहरूलाई आआफ्नो क्षेत्रको तयारीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् । 

बैठकले प्रदेशका आठवटै जिल्लामा रहेको पिसिआर ल्याबका लागि आवश्यक सामग्री तथा थप जनशक्तिको विवरण तयार गर्ने जिम्मेवारी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुखले गर्ने, जिल्लाहरुमा आवश्यक जनशक्ति तथा सामग्रीहरुको विवरण आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला कोरोना संकट व्यवस्थापन समितिहरुबाट संकलन गर्ने तथा प्रादेशिक अस्पतालस्थित नर्सिङ्ग कलेजलाई पुनः कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कोरोना महामारी नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न समाजिक विकास मन्त्रालयलाई समेत निर्देशन दिइएको छ । 

बैठकले महामारी नियन्त्रणका लागि प्रमुख सचिवको नेतृत्वमा सबै मन्त्रालयका सचिव र सुरक्षा निकायहरूका प्रमुख रहने गरी संयोजन कमिटी र आपूर्ति महाशाखाका प्रमुख डा. प्रमोद कुमार यादवको नेतृत्वमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. विनोद यादव, प्रादेशिक अस्पतालका मेसु डा. प्रमोद यादव र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण मिश्र सदस्य रहने गरी प्राविधिक समिति समेत गठन गरेको छ ।





  • प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार १८:२४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया