एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको भोलिपल्ट नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् ।
यी दुई नेताबीच शुक्रबार भेटघाट भएको हो ।
यी दुईबीच नागपोखरीमा भेटवार्ता भएको हो ।
नेपालनिकट एक नेताले यो भेटमा दुई नेताबीच एमाले जोगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि गरेका विभिन्न निर्णय खारेज हुनु पर्ने विषयमा छलफल भएको थियो ।
हिजोमात्र बालुवाटार प्रधानमन्त्री निवासमा भएको भेटमा गौतमले ओलीसँग पनि यही माग राखेका थिए । तर, प्रधानमन्त्री ओलीले आफू यसका लागि तयार नभएको बताउँदै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।