टेकु अस्पतालमा तीनजना कोरोना संक्रमितको मृत्यु
डाक्टर भन्छन् : अवस्था भयावह हुँदैछ, धान्‍न सकिँदैन

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसीयुमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। 

अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले उनीहरूको निधनपछि थप तनाव सिर्जना भएको बताए। 

२० बेडको आईसीयुमा अहिले १८ जना संक्रमितको उपचार भइरहेको छ। आईसीयुमा रहेका विरामीको उपचारमा निकै समस्या भइरहेको उनले बताएका छन्।

डा. बाँस्तोलाले तीन जनाको मृत्युपछि भयाबह अवस्था आउन थालेको भन्दै सामाजिक सञ्जालमा लामो सन्देश नै लेखेका छन्। उपचारकै क्रममा उनीहरूको निधनपछि अब अवस्था खतरातिर गएको संकेतसहित उनले धारणा सार्वजनिक गरेको उनले बताए। 

एकै पटक धेरै विरामीका लागि आईसीयु आवश्यक परेमा टेकु अस्पतालमा  अब उपचार सम्भव नभएको उनले बताए।

‘अहिले २० मध्ये १८ बेडमा विरामी छन्। त्यसमा उपचार विरामीलाई डिस्चार्ज गरेर नयाँ विरामी राख्ने गरेका छौं,’ डा. बास्तोलाले भने, ‘एकै पटक ५ जना पनि आईसीयुमा राख्नुपर्ने विरामी आए भने हामीकहाँ अब सम्भव छैन।’



अहिले टेकु अस्पतालका सबै बेड कोभिड–१९ का विरामीले भरिभराउ छन्। नयाँ विरामीलाई भर्ना गर्न सक्ने अवस्था नरहेको उनले बताए। डिस्चार्ज गर्दै नयाँ विरामीलाई भर्ना लिइरहेको बास्तोलाले बताए। 

अस्पतालसँग एक महिनालाई पुग्ने स्रोत साधन स्टक रहेको उनले जानकारी दिए। अक्सिजन लगायतका अन्य स्रोत साधनले एक महिनासम्म धान्ने गरी स्टक गरिएको बताए। 



  • प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार १६:१६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया