कञ्चनपुरमा एकै दिन २ जना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुरमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका १८ का ४० वर्षीय पुरुषको र  भीमदत्त नगरपालिका ४ कै ५० वर्षीया महिलाको सेती प्रदेशिक अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चपुरले जनाएको छ ।

एक हप्ताअगाडि भारतको इन्दौरबाट आएका पुरुषलाई गत बिहीबार अस्पताल भर्ना गरिएको थियो । उनलाई शुक्रबार कोरोना पुष्टि भई आइसियूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिए । फोक्सोमा समस्या तथा अक्सिजनको मात्रा घटेको कारणले उनको मृत्यु भएको उनले बताए । 

५० वर्षीया महिलालाई भने बिहीबार उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । शुक्रबार उनमा कोरोना पुष्टि भएपछि उनलाई पनि आइसियूमा राखेर उपचार भइरहेको अवस्थामा फोक्सोमा समस्या आई स्वाशप्रस्वाशमा समस्या भएपछि मृत्यु भएको चिकित्सकले जनाएका छन् ।

योसँगै कञ्चनपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ भने, प्रदेशमा मृतकको संख्या ६१ पुगेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ । 

महाकाली अस्पतालका अनुसार पछिल्लो केही दिनयता यहाँ कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गइरहेको छ । महाकाली अस्पताल समितिका अध्यक्ष कृष्णदत्त जोशीले कोरोना लक्षणसहितका बिरामी बढ्न थालेपछि यहाँ आइसियू शय्या बढाइएको बताए । 





  • प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार १७:१६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया