दोस्रो लहरको कोरोना संक्रमणको चपेटामा परेको बाँकेमा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय बम बहादुर खत्रीले घरमै झुन्डिएर आत्महत्या गरेका हुन् ।
खत्रीलाई गत वैशाख ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य भएका कारण होम आइसोलेसनमा थिए ।
तर, होम आइसोलेसनमै बसेको कोठामा खत्रीले हिजो साँझ पौने ७ बजे झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।
घरका मान्छेले झुण्डिएको देख्नासाथ डोरी काटेका तर त्यतिबेलासम्ममा खत्रीको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । उनले आत्महत्या गर्नुको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।