कोरोनाले अक्सिजन कम हुन्छ, त्यस्तो बेला कसरी सुत्ने ?

पछिल्लो समय कोरोनाभाइरस (कोभिड १९)का कारण बिरामी पर्नेहरुको संख्या बढ्दो छ । केही दिन यता भारतमा कोरोनाका कारण अक्सिजन हाहाकार भएको छ । 

नेपालमा पनि त्यस्तै अवस्था देखिँदै छ । नेपालका विभिन्न अस्पतालहरुले आफ्नो अस्पतालमा अक्सिजन सकिएको बताउन थालेका छन् । 

कोरोनाभाइरसले मानिसको फोक्सोमा आक्रमण गर्ने भएकाले सबैभन्दा बढी समस्या फोक्सोमा वा मानिसलाई सासप्रश्वासमा हुने गरेको वैज्ञानिक अध्ययनहरुमा पाइएको छ । 

त्यसैले अहिले विभिन्न देशबाट आइरहेका तस्वीरहरुमा मानिसहरु भेन्टिलेटरमा बसेको देख्न सकिन्छ । भेन्टिलेटरमा मानिसहरु बसेको देख्दा र अक्सिजन लिइरहँदा बिरामीहरुलाई चिकित्सकले विशेष पोजिसनमा सुताइरहेको देखिन्छ । 

आखिर किन यस्तो हुन्छ ?

‘किनकि पेटलाई आड दिएर सुत्दा फोक्सोमा भएको समस्यालाई कम गर्न सहयोग गर्छ,’ बिबिसीमा प्रकाशित एक समाचारमा उल्लेख गरिएको छ, ‘यसले बिरामीलाई अक्सिजन लिन वा श्वास फेर्न सहज बनाउँछ ।’





  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार १४:२४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया