भारतको दिल्लीमा मात्रै एकै दिनमा २४ हजार कोरोना सङ्क्रमित

भारतको केन्द्रीय राजधानी दिल्ली प्रदेशमा कोरोना भाइरसबाट एकै दिनमा २४ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । 

सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार दिल्ली प्रदेशभरी एक दिनमा २४ हजार १०३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । 

त्यसैगरी दिल्ली प्रदेशमा पछिल्लो २४ घण्टामा ३७५ जनाको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।

दिल्लीमा अहिले पनि ९३ हजार ८० सङ्क्रमित अवस्थामै रहेका छन् ।

दिल्लीको स्वास्थ्य विभागले सङ्क्रमित र मृतकको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको जानकारी दिएको छ । 

पछिल्लो विवरण अनुसार दिल्लीमा मात्रै अहिलेसम्म १० लाख ४ हजार ७८२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 



कोरोनाका कारण दिल्लीमा मात्रै मृत्यु भएकाहरुको सङ्ख्या अहिलेसम्म १३ हजार ८९८ पुगेको दिल्लीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको परीक्षण गराएका मध्ये ३२.२७ प्रतिशतमा सङ्क्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । ती मध्ये १.३८ प्रतिशतको त मृत्यु नै हुने गरेको छ ।



भारतमा देशभरि भने अहिले पनि २५ लाख ५२ हजार ९४० जना सङ्क्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार १९:२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया