भारतीय सीमा नाकाबाट विनापरिचयपत्र आउजाउ गर्न नदिन सरकारलाई आदेश

सर्वोच्च अदालतले नेपाल–भारत सीमाका तोकिएका नाकाबाट विनापरिचयपत्र आउजाउ गर्न नदिन सरकारलाई आदेश दिएको छ।

अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली, विमल ज्ञवाली, लीलाधर उपाध्याय, शशिकुमार कार्की र सीमाविद् बुद्धिनारायण श्रेष्ठले ०७३ सालमा दायर गरेको रिटमा सर्वोच्च अदालतले आइतबार यस्तो परमादेश जारी गरेको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासले नेपाल–भारत सीमा नियमन र व्यवस्थापन गर्न सरकारका नाममा आदेश माग्दै दायर रिटमा सुनुवाइ गरी त्यस्तो आदेश दिएको हो। 

रिट निवेदकले हवाई मार्गबाट आउजाउ गर्ने व्यक्तिहरुलाई जस्तै स्थलमार्गबाट आउजाउ गर्नेहरुका लागि पनि अनिवार्य परिचयपत्र बोक्ने र सीमा वारपारको अभिलेख राख्ने व्यवस्था गर्न माग गरेका थिए । 

उनीहरुले सीमा क्षेत्रबाट पाँच किलोमिटरको दूरीमा बसोबास गर्ने सीमाञ्चलका जनताका लागि भने दैनिक रुपमा जतिसुकै पटक आउजाउ गर्न मिल्ने विशेष प्रकारको परिचयपत्र दिन समेत माग गरेका थिए । 





  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार १९:३७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया