ओलीविरुद्ध खनाल-नेपालको रिट आइतबार अदालतले हेर्न भ्याएन

एमालेको झलनाथ–माधव समूहका चार नेताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर गरेको रिट निवेदनमाथि आइतबार सुनुवाइ हुन सकेन । ओलीले पार्टीको विधानविपरीत आफूहरुलाई कारबाही गरेको उल्लेख गर्दै खनाल–नेपल समूहले रिट दायर गरेको थियो । 

आज सुनुवाइका लागि पेसी तोकिएको सो रिट समयअभावका कारण ‘हेर्न नभ्याउने’ भएपछि सुनुवाइ अर्को दिनलाई सरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले रिट सुनुवाइ पर सारेको हो । 
     
एमालेका वरिष्ठ नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टीको कानुनविपरीत कारबाही भएको भन्दै सो कारबाही बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । रिटमा निर्वाचन आयोग, एमाले अध्यक्ष ओली, सभामुख अग्नि सापकोटा, महासचिव ईश्वर पोखरेललगायतलाई विपक्षी बनाइएको छ । 
     
ओलीले यी चारै नेतालाई पार्टीको साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । चैत १६ गतेको सो निर्णय गैरसंवैधानिक भएको निवेदनमा उल्लेख छ ।





  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार २०:७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया