केही वैज्ञानिकहरुले नयाँ रिसर्चबाट अर्को नयाँ तथ्य फेला पारेका छन् । यो रिसर्चअनुसार चिसोका कारण भएको रुघाखोकीका कारण मानिसको शरीरबाट कोरोनाभाइरस बाहिर आउँछ ।
केही भाइरस मानिसको शरीरलाई संक्रमित गर्न दोस्रो भाइरससँग लड्न खोज्छन् । त्यसैले सामान्य मौसमी रुघाखोकी लागेको खण्डमा कोरोनाभाइरस शरीरबाट बाहिर आउने नयाँ रिसर्चले जनाएको हो ।
अनि यो नयाँ अनुसन्धान गरेका हुन्, ग्लास्गो विश्वविद्यालयका वैज्ञानिकहरुले । उनीहरुले कोरोनाभाइरसभन्दा रुघाखोकी हुने भाइरस बलियो हुने पत्ता लगाएका हुन् । अनि उनीहरुले कोरोनाभाइरसभन्दा राइनो भाइरस बलियो हुने बताएका छन् ।
तर, सँगसँगै उनीहरुले यो प्रक्रिया एक अनुसन्धानबाट आएकाले यो सबैमा लागू हुनैपर्छ भन्ने नभएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।