बैंग्लोरका कप्तान विराटलाई जरिवाना

आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीलाई १२ लाख  भारतीय रुपैयाँ जरिवाना गरिएको छ । 

चेन्नई सुपर किंग्सविरुद्ध आइतबारको खेलमा स्लो ओभर रेटका कारण कोहलीलाई यो जरिवान तोकिएको आयोजकले बताएको छ । उक्त खेलमा बैंग्लोर चेन्नईसँग ६९ रनले पराजित भएको थियो । 

विराट आइपिएलमा स्लो ओभर रेटका कारण जरिवानमा पर्ने चौथो कप्तान हुन् । 

यसअघि मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा, चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी र कोलकाता नाइट राइडर्सका कप्तान इयान मोर्गनलाई जरिवाना गरिएको थियो । 





  • प्रकाशित मिति : बैशाख १३, २०७८ साेमबार ११:५९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया