गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)ले नेकपा एमालेको साथ छाडेका छन् । मनाङबाट स्वतन्त्र सांसद बनेका उनले निर्वाचन जितेपछि एमालेलाई साथ दिँदै आएका थिए ।
सोमबारको प्रदेश सभा बैठकमा सत्तारुढ दलको रोमा बसेका उनले विशेष अधिवेशनमा आफूलाई स्वतन्त्र सांसदका रुपमा स्थान दिन माग गरेका छन् ।
संसद सचिवालयमा उनले स्वतन्त्र सांसदको हैसियतमा छुट्टै स्थान दिन माग गर्दै निवेदन दिएका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सांसद मनाङेले मुख्यमन्त्रीलाई साथ दिने धेरैको आकलन थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।