कर्णालीमा थप २०१ जनामा कोरोना

पछिल्ला २४ घण्टामा कर्णालीमा थप २०१ जना कोरोनाका संक्रमित थपिएका छन् । आरटी पिसिआर तथा र्‍यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा १३८ जनामा संक्रमण पुष्टि भएको छ भने र्‍यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै आरटी पिसिआर विधिबाट संक्रमित हुनेको संख्या ८ हजार २ सय पुगेको छ भने र्‍यापिड एन्टिजेन विधिबाट संक्रमित हुनेको कुल संख्या ३८४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६ जना संक्रमित उपचारपछि निको भएका छन् । आज (मंगलबार) थप एक जनाको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ ।

नयाँ संक्रमितमध्ये सुर्खेतका १२९, दैलेखका १५, जुम्लाका १, जाजरकोटका ३७, कालिकोटका ७ जना, रुकुम पश्चिममा १ र सल्यानका ११ जना रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । योसँगै कर्णालीमा सक्रिय संक्रमितको संख्या ७०७ पुगेको छ ।





  • प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार १७:४९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया