ऊर्जामन्त्री रायमाझी र एमाले नेता रिजाललाई कोरोना पुष्टि, प्रधानमन्त्रीलगायत ५० नेता कन्ट्याक्ट ट्रेसिङमा

एमाले नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी र सो पार्टीका अर्का नेता विष्णु रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । रिजाल र रायमाझीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो।  

सामाजिक सञ्जमलमार्फत रिजालले आफूलाई कोरोना पुष्टि भएको जानकारी दिँदै आफ्नो सम्पर्कमा आएका सबैलाई सजग रहन आग्रह गरेका छन् ।  

यसअघि माधव नेपाल पक्षका भनेर चिनिएका रिजाल गत आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी भएका थिए ।

आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ५० भन्दा बढी नेता सहभागी थिए । मन्त्री रायमाझी र नेता रिजाललाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीसहित पचासैजना कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । 

 

आज गरेको स्वाव परीक्षणबाट ममा कोभिड-१९ पोजेटिभ देखिएको छ । सामान्य लक्षणसहित घरमै बसेको छु । यसबीचमा मेरो सम्पर्कमा...

Posted by Bishnu Rijal on Tuesday, April 27, 2021




  • प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार २०:२९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया