सहरमा पस्यो कोरोना, फर्कियौँ गाउँतिर (फोटो फिचर)

कोरोना भाइरस संक्रमणको दोस्रो लहरले संघीय राजधानी काठमाडौंलाई नराम्ररी गाँजेको छ। मंगलबार मात्रै उपत्यकाका तीन जिल्लामा करिब २ हजार संक्रमित थपिए।

खासगरी काठमाडौं जिल्ला त कोरोनाको हटस्पट नै बनिसकेको छ। कोरोना संकटले काठमाडौंलाई घेरेपछि जिल्ला प्रशासन कार्यालय र मन्त्रिपरिषद्ले कम्तीमा १५ दिनका लागि निषेधाज्ञा जारी गरेका छन्। 

घर फर्किन चाहनेलाई दुई दिनको समय दिएर निषेधाज्ञा घोषणा गरिएको हो। दुई दिन घर फर्किने समय पाएका सर्वसाधारण राजधानीका नयाँ बसपार्क, कोटेश्वर, कलंकीमा ओइरिएका छन्। 

राजधानीका पूर्वी र पश्चिमी नाकाबाट दुई दिनयता करिब एक लाखले घर छाडेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। अझै भोलि पनि त्यतिकै संख्यामा सर्वसाधारण काठमाडौं छाडेर गाउँ फर्किँदैछन्।

घर फर्किनेको भीड मंगलबार काठमाडौंको नयाँ बसपार्कमा पनि थामी नसक्नु थियो। दुई दिन मात्रै समय पाएका सर्वसाधारण टिकटका लागि तँछाडमछाड गरिरहेका थिए।





 

  • प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार २१:५८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया