हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन्। मुख्यमन्त्री पौडेलले पुराना अनुहारलाई बिदा गरेर नयाँलाई अवसर दिने निर्णय लिएका हुन्।
मुख्यमन्त्री पौडेलले एमालेका मुख्य सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, अर्थ तथा विकास समितिका सभापति सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेका छन्।
उनीनिकट स्रोतका अनुसार यी मन्त्रीलाई आजै सपथ खुवाइँदैछ। त्यसैगरी काभ्रेका सांसद चन्द्र लामा मन्त्री र हेटौंडाकी जुनेली श्रेष्ठको नाम राज्यमन्त्रीका रुपमा चर्चा छ ।
मन्त्रीको टुंगो लागेकाहरूलाई आजै ४ बजे सपथ गराइने भनिएको छ। तर अहिलेसम्म सपथ ग्रहणका लागि चिठी नआएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।