नेपाल सुपर लिग अन्तर्गत बुधबारको पहिलो खेलमा एफसी चितवन र बुटवल लुम्बिनी एफसीले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेल २-२ को बराबरीमा सकिएको हो । २ गोलको अग्रतालाई बचाउन नसक्दा चितवन अंक बाँड्न बाध्य भयो ।
खेलको १५ औँ मिनेटमा जर्जप्रिन्स कार्कीले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । १९ औँ मिनेटमा टेकबहादुर बुढाथोकीले टोलीको अग्रता दोब्बर बनाए ।
३१ औँ मिनेटमा आशिष लामाले गोल गर्दै बुटवललाई २-१ स्थितिमा ल्याए ।
पहिलो हाफमा १ गोलले पछि परेको बुटवल दोस्रो हाफमा बराबरी गोल फर्कायो । ६५ औँ मिनेटमा लक्ष्मण रुचालले गोल गरे ।
बराबरीसँगै बुटवलले २ खेलबाट ४ अंक जोडेको छ । उसले पहिलो खेलमा पोखरा थन्डर्सलाई २-० ले पराजित गरेको थियो ।
लगातार दोस्रो खेलमा बराबरी खेलेको चितवन २ अंक जोडेको छ । उसले पहिलो खेलमा पनि ललितपुर सिटी एफसीसँग १-१ को बराबरी खेलेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।