सुदूरपश्चिममा ३७० को परीक्षण गर्दा २२७ जनामा कोरोना

सुदूरपश्चिम प्रदेशमा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७० जनाको परीक्षण हुँदा २२७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

सबैभन्दा बढी कैलालीको धनगढीका १३६ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा रहेको कोरोना अस्पतालमा ५२ जना संक्रमितको उपचार भइरहेका छ । तीन जनाको भेन्टिलेटर र ८ जना आइसियुमा उपचार भइरहेको छ । २३ जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको छ ।

अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

सेती प्रादेशिक अस्पतालमा आकस्मिक सेवाबाहेक सबै बन्द गरिने भएको छ । बुधबार अस्पतालले सूचना जारी गर्दै बिहीबारदेखि आकस्मिक सेवा मात्र सञ्चालन हुने जानकारी दिएको हो । कैलालीमा लकडाउन घोषणा भएको र स्वास्थ्य मन्त्रालयले पनि इमर्जेन्सीबाहेकका ओपिडी र इलेक्टिभ सर्जरी हाललाई बन्द गर्न परिपत्र गरेकाले भोलिदेखि आकस्मिक सेवा मात्रै सञ्चालन हुने अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।





  • प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार १८:५०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया