नेपाल सुपर लिगमा पोखरा थन्डर्सले पहिलो जित दर्ता गरेको छ ।
उसले बुधबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा विराटनगर सिटी एफसीमाथि १-० को कठिन जित हात पारेको हो ।
खेलको ८३ औँ मिनेटमा नवयुग श्रेष्ठले गरेको एक मात्र गोल पोखरालाई ३ अंक दिलाउन पर्याप्त बन्यो । उनले मोसा अब्बाको फ्रिकिकमा हेडमार्फत उत्कृष्ट गोल गरेका थिए ।
जितसँगै पोखराले २ खेलबाट ३ अंक जोडेको छ । उसले पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग २-० को पराजय बेहोरेको थियो ।
विराटनगरले पनि २ खेलबाट ३ अंक जोडेको छ । उसले पहिलो खेलमा धनगढी एफसीलाई ३-० ले हराएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।