कोरोना रोकथामका लागि सरकारले जारी गरेका नियमको पूर्ण पालना गर्न उपराष्ट्रपति नन्दबहादुर पुनले अपिल गरेका छन् । बुधबार एक सन्देश जारी गर्दै उनले कोरोना भाइरसविरुद्धको सङ्घर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने बताएका छन् ।
यसमा आमजनताको पूर्ण साथ र सहयोग चाहिने भन्दै उपराष्ट्रपति नन्दबहादुर पुनले आफू पनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न आमनागरिकमा अपिल गरेका हुन् ।
निषेधाज्ञा अवधिमा कोरोना भाइरस परीक्षणलाई तीव्र बनाउन र सङ्क्रमितको प्रभावकारी उपचार गर्नुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिएका छन् ।
कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थित रूपमा तीव्र बनाउनसमेत उनले सरकारलाई आग्रह गरेका छन् ।
अक्सिजनलगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्न तथा प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।