कैलालीमा निषेधाज्ञाको पहिलो दिन (फोटोमा)

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै संक्रमितहरू बढ्न थालेपछि कैलालीमा बिहीबारबाट निषेधाज्ञा जारी भएको छ। निषेधाज्ञा एक सातासम्म जारी हुनेछ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले निषेधाज्ञा गर्नु बाध्यात्मक अवस्था रहेकाले सबै आमनागरिकलाई गम्भीरतापूर्वक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी घरमै सुरक्षित बस्न आग्रह गरेका छन्। निषेधाज्ञाको उल्लघंन गरिए कानुनबमोजिम कडा कारवाही गरिने पनि बताएका छन्।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारीसाधन बन्द रहने छन्। अत्यावश्यक सवारीसाधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारीसाधन, दुग्धजन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्।

खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द रहनेछन्। खाद्य सामग्रीका पसल बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खोल्न पाइने छ। सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन्। विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृती लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन्।



यस्तै नेपाल सरकारका कर्मचारी, बैंक वित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्। 



  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार १३:५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया