उपप्रधानमन्त्री पोखरेललाई भेटेर धुर्मुसले भने- 'क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिनुपर्‍यो'

हास्य कलाकारका रुपमा चर्चित रहेका सीताराम कट्टेल धुर्मुसले एक समाजसेवीका रुपमा पनि परिचय बनाएका छन् । पछिल्ला दिनमा उनी चितवनमा गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटिरहेका छन्। 

रंगशाला निर्माणका क्रममा आर्थिक अभाव भएको भन्दै धुर्मुसले गुनासो गर्दै आएका छन्। रंगशाला निर्माण सहयोग गर्न भन्दै धुर्मुस उपप्रधानमन्त्री ईश्वर पोखरेललाई गुहार्न पुगेका छन् ।

उनले बिहीबार दिउँसो पोखरेललाई भेट्न पुगेका हुन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारस्थित पोखरेलको कार्यकक्षमा पुगेर उनले चन्दाले रंगशाला बनाउन अब असम्भव भएको भन्दै स्वामित्व लिइदिन आग्रह गरेको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ । 

मन्त्री पोखरेलको सचिवालयका एक सदस्यले दिएको जानकारी अनुसार धुर्मुसले चन्दा र आफ्नै बलले मात्रै रंगशालाको निर्माण सम्पन्न गर्न कठिन भएकाले त्यसमा सरकारको सहयोग आवश्यक भएको पोखरेल समक्ष बताए। 

अनुदान र सहयोग उठाएर मात्रै सम्पन्न गर्न कठिन भएपछि त्यसको स्वामित्व राज्यले लिएर निर्माण अघि बढाउन धुर्मुसले आग्रह गरेको पोखरेलको सचिवालयले जानकारी दिएको छ।





  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार १५:५३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया