धरान : कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिँदै गएपछि सुनसरीमा पनि स्थानीय प्रशासनले शुक्रवार रातिदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको छ।
कोरोना फैलिँदै गएपछि सुनसरीका १२ वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले दिएका छन्।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसिएमसीको बैठकबाट कोरोना नियन्त्रण प्रभावकारी बनाउन शुक्रवार राति १२ बजेदेखि वैशाख २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको ढकालले बताए।
प्रजिअ ढकालका अनुसार जिल्लाका प्रमुख सहरहरु इटहरी, धरान, इनरुवा, दुहबी, रामधुनी, बराह क्षेत्र, कोसी भोक्राहा नर्सिङ, हरिनगरा, बुर्जुसहितका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।
ढकालले निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई हिँडडुल गर्न र गाडी चलाउन रोकिएको छ। निषेधाज्ञा उलंघन गर्नेलाई सक्रमण ऐन अनुसार कारबाही गरिने पनि बताए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।