दीपक मनाङे गण्डकीका युवा तथा खेलकुद मन्त्रीमा नियुक्त

विवादित गतिविधिका कारण चर्चामा आइरहने गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे युवा तथा खेलकुद मन्त्री बनेका छन्। गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले मन्त्री बनेका मनाङेले आजै पद तथा गोपनीयताको सपथ लिने बताए। 

२०७४ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उनी मनाङ  ‘ख’ बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। तत्कालीन एमालेको समर्थनमा चुनाव जितेका उनलाई एमालेबाटै मुख्यमन्त्री निर्वाचित पृथ्वी सुब्बा गुरुङले मन्त्री बनाएका हुन्। 

चुनाव जितेपछि पनि प्रहरीले पक्राउ गरेर जेल पठाइएका उनलाई गण्डकी प्रदेशको सत्ता जोगाउने र ढाल्ने खेलबीच मन्त्री पद उपहारमा मिलेको हो। प्रतिपक्षी कांग्रेस र माओवादीले मुख्यमन्त्रीको कुर्सी हल्लाउन थालेपछि सुरुमा समर्थन जनाएका उनी बुधबार मात्रै मोबाइल अफ गरेर गायब भएका थिए।

गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङे बुधबारको प्रदेशसभा बैठकमा अनुपस्थित भएका थिए। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान हुने समयमा गुरुङ बेपत्ता भएका थिए। 

प्रतिपक्षी सांसदहरुले उनलाई पटक–पटक फोन गरे पनि उनी मोबाइल अफ गरेर बसेका थिए। उनले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने बताएका थिए । तर, मतदानको समयमा उनी मोबाइल अफ गरेर बेपत्ता भएका उनलाई मन्त्री पद मिलेको हो। उनीसँगै जनमोर्चाका सांसद खिमबिक्रम शाही पनि मतदान हुने बेला गायब भएका थिए।

तर उनले आफू बिरामी परेको भन्दै चरक अस्पतालको आईसीयुमा छन्। उनको तीन पटक कोरोना परीक्षण भएको थियो। जसमा पहिलो र तेस्रो पोजेटिभ आएको थियो भने दोस्रो नेगेटिभ आएको थियो।





  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार १६:१९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया