नेकपा हुँदै एमसिसी संसदमा अघि बढाउने टुंगो लागेको थियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी परियोजना एमसिसीलाई संसदबाट पास गराउने कुराको टुंगो नेकपा हुँदैखेरी लागिसकेको बताएका छन्।

बिहीबार राति हिमालय टेलिभिजनसँगको संवादका क्रममा प्रचण्डले एमसिसी अघि बढाउने कुराको टुंगो फागुन २३ मा सर्वोच्चको फैसलाबाट खारेज भएको नेकपा जीवितै हुँदा लागिसकेको बताएका हुन्।

'नेकपा हुँदै खेरी एमसिसी अघि बढाउने कुरा भएको थियो,' उनले भने, 'एमसीसीको विषयमा संकल्प प्रस्ताव लाने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि सहमति भएको थियो।'

प्रचण्डले आफू एमसिसीलाई नि:शर्त पास गर्ने पक्षमा नरहेको बताए। 'म एमसिसीलाई संसदबाट नि:शर्त पास गराउने पक्षमा छैन', उनले भने, 'के के संशोधन गरेर पास गर्न सकिन्छ, त्यसबारे देउवाजीसँग मेरो कुरा भएको थियो।'





  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार २२:२६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया