नेपाललाई कोरोना खोप दिन रुस सकारात्मक

रुसले आफ्नो देशमा उत्पादित कोरोना विरुद्धको खोप स्पुतनिक भी नेपाललाई उपलब्ध गराउन सकारात्मक भएको बताएको छ । नेपालका लागि रुसी राजदूत अलेक्सेइ नोभिकोभले यस्तो बताएका हुन् । 

हिजो बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै राजदूत नोभिकोभले नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जानकारी गराएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदूत नोभिकोभलाई आग्रह गरेका थिए । 

प्रधानमन्त्री ओलीको प्रस्तावको जवाफमा राजदूत नेभिकोभसहितका प्रतिनिधिले त्यसतर्फ आफूहरु र आफ्नो राष्ट्र सकारात्मक रहेको जवाफ दिएका छन् । प्रधानमन्त्री-राजदूत भेटमा दुई देशबीचको सम्बन्ध तथा विविध विषयमा छलफल भएको छ । 





  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार ७:३४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया