आफ्नै पार्टीको निर्णयविरुद्ध महन्थ ठाकुर पुगे निर्वाचन आयोग
लुम्बिनीका सांसद हटाउने निर्णय गैरकानुनी भएको जिकिर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन्। आफ्नै पार्टीको निर्णयविरुद्ध निवेदन लिएर उनी शुक्रबार दिउँसो निर्वाचन आयोग पुगेका हुन्।

अध्यक्ष ठाकुर अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको हस्ताक्षरमा लुम्बिनी प्रदेशका चारजना सांसदलाई हटाइएपछि त्यसविरुद्ध निवेदन लिएर ठाकुर आयोगमा पुगेका हुन्। 

डा. भट्टराई र यादवको पत्रका आधारमा सांसदहरु सन्तोष कुमार पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयलाई पदमुक्त गरिएपछि ठाकुर आयोगमा पुगेका हुन्। 

उनले जसपा कार्यकारिणी समितिको बैठक नै नबसेको बताउँदै त्यसकै आधारमा लुम्बिनी प्रदेशसभाले चारजना सांसदहरुलाई पदबाट हटाइदिएको थियो। हटाइएका चारैजना सांसदहरु मुख्यमन्त्री शंकर पोखरेल क्याबिनेटमा मन्त्री छन्। 

ठाकुरले सांसदहरु हटाउने भनेर गरिएको कार्यकारिणी समितिको बैठक नै अहिलेसम्म नबसेको पनि उनले बताएका छन्। ठाकुरले २०७७ पुस ७ गतेयता जसपा कार्यकारिणी समितिको बैठक नै नबसेकोले चार सांसद हटाउने निर्णयलाई ठाकुरले  गैरकानुनी र अवैध भनेका छन्। 

उनले त्यस आधारमा कुनै पनि कारवाही आयोगबाट अघि नबढाउन पनि आग्रह गरेका छन्। उनले यसबारेमा यथाशीघ्र कानुनी प्रक्रिया पनि अघि बढाउने जानकारी आयोगलाई दिएका छन्। 





  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १५:२६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया