नेपाल सुपर लिग अन्तर्गत शुक्रबारको खेलमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।
खेलको २० औं मिनेटमा मौसा अब्बाको पासलाई कप्तान नवयुग श्रेष्ठले सदुपयोग गर्न नसक्दा पोखरा अग्रता लिनबाट चुक्यो ।
२३ औं मिनेटमा काठमाडौंका कप्तान तथा गोलरक्षक विकेश कुथुको मिस पासमा पाएको अवसरलाई नवयुगले नै सदुपयोग गर्न सकेनन् । उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
७१ औं मिनेटमा मेसुके ओलोमोउको प्रहार पोस्ट निजकैबाट बाहिरिँदा काठमाडौंले अग्रता लिन सकेन ।
८० औं मिनेटमा मेसुकेले नै पाएको सुवर्ण अवसर खेर फाले । उनले पोखराका गोलरक्षक दिप कार्की विट भइसकेको अवस्थामा फितलो प्रहार गर्दा बल पोस्ट नजिकैबाट बाहिरियो ।
यो बराबरीसँगै दुवै टोलीले ३ खेलबाट समान ३ अंक जोडेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।