कार बम विस्फोट हुँदा अफगानिस्तानमा ३० जनाको निधन

अफगानिस्तानमा एक गेस्ट हाउस नजिकै विस्फोट हुँदा कम्तिमा ३० जनाको निधन भएको छ । ६० जनाभन्दा बढी घाइते भएका छन् । 

अफगानिस्तानको स्थानीय समाचार पोर्टल टोलो न्युजका अनुसार लोगर प्रान्तको राजधानी पुल ए आलमको एक गेस्ट हाउस नजिकै भएको विस्फोटमा परी कम्तिमा ३० जनाको ज्यान गएको हो । 

शुक्रबार साँझ करिब ७ बजे उक्त स्थानमा कार बम विस्फोट भएको समाचारमा जनाइएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार कार बम बिस्फोट भएर भवनको छानो खस्दा घाइतेहरु भवन भित्र फसेका थिए ।

प्रदेश परिषद् प्रमुख हसिब तनेकजाईका अनुसार करिब साढे ६ बजे घटनास्थलमा एउटा ट्रक प्रवेश गरेको थियो । उक्त ट्रकका ड्राइभरले आफूहरु एक एनजिओको मान्छे भएको बताएका थिए । जसमार्फत विस्फोट भएको छ । 

इस्लामिक पवित्र महिना रमदान चलिरहेको बेला भएको यो विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । अमेरिकाले आउँदो सेप्टेम्बर ११ सम्ममा आफ्ना सैनिक फिर्ता बोलाउने घोषणा गरेसँगै अफगानिस्तानमा हिंसाका घटनाहरु बढ्न थालेका छन् । 





  • प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार ७:२९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया