कप्तान रामोस फेरि मड्रिड​को टिम बाहिर

रियाल मड्रिडका कप्तान तथा मुख्य डिफेन्डर सर्जियो रामोसले टिमबाट आफ्नो नाम फिर्ता लिएका छन् । रामोसले आज राति हुने ओसासुनाविरुद्धको खेल नखेल्ने भएका हुन् ।

रामोसले आज राति हुने ओसासुनाविरुद्धको खेलबाट नाम फिर्ता लिएपछि उनलाई टिमबाट बाहिर राखेको प्रशिक्षक जिनेदिन जिदानले जनाएका छन् । रामोसले मार्च १३ तारिखपछि रियालका लागि खेलेका छैनन् । 

आजको खेलमा रामोस पनि नखेल्ने भएपछि जिदानको टिमलाई डिफेन्डरको दबाव परेको छ । बिहीबार र शुक्रबार टिमसँग प्रशिक्षण गरेका रामोसलाई जिदानले टिममा राख्न चाहेपनि च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगका लागि आराम दिइएको बताइएको छ ।

ओसासुनाविरुद्ध यसअघि अरु दुई डिफेन्डर कारमाजेल र लुकास भास्क्वेजले नखेल्ने पक्का भइसकेको छ ।





  • प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार ९:७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया