आफ्ना नागरिकसहित सबै भारतीय यात्रुलाई अष्ट्रेलियाले लगायो प्रतिबन्ध

कोरोना संक्रमणको दोस्रो लहरले अक्रान्त बनाएको भारतमा रहेका आफ्ना नागरिकलाई अष्ट्रेलियाले स्वदेश फिर्ता नहुन चेतावनी दिएको छ । अष्ट्रेलियाले भारतबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेल चलान गर्न सक्ने निर्णय गरेको हो । 

भारतमा रहेका करिब ९ हजार अष्ट्रेलियन नागरिकलाई कोरोना संक्रमणको जोखिमका कारण स्वदेश फिर्तामा प्रतिबन्ध लगाउने अष्ट्रेलियाको तयारी छ । आफ्ना नागरिकसहित भारतबाट सबै यात्रुलाई रोक लगाएको अष्ट्रेलियाले जबर्जस्ती गरेमा पाँच वर्षसम्म जेल अथवा ६६ हजार अष्ट्रेलियन डलरसम्म जरिवाना गर्न सक्ने नियम पारित गरेको बिबिसीले लेखेको छ ।

अष्ट्रेलियाले भारतमा रहेका आफ्ना ९ हजार नागरिकमध्ये करिब ६ सय जनालाई उच्च जोखिमयुक्तको सूचीमा राखेको छ । जसका कारण उनीहरुले तत्कालका लागि आफ्नो देश फिर्ता जान पाउने छैनन् । 

अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले सरकारले निकै सोच विचार गरेर आफ्ना नागरिकसहित सबै यात्रुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको जनाकारी दिएका छन् । अष्ट्रेलियाको उक्त निर्णयको नागरिकस्तरमा भने विरोध भएको छ । 

यसअघि, भारतमा सङ्क्रमण दर बढेपछि अमेरिकासहितका विभिन्न देशले भारतसँगका सम्पूर्ण उडान बन्द गरेका छन् । भारतमा हिजो एकैदिन चार लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 





  • प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार १२:१४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया