नेपाल सुपर लिग अन्तर्गत शनिबारको पहिलो खेलमा धनगढी एफसी विजयी भएको छ ।
उसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एफसी चितवनमाथि ३-० को सहज जित दर्ता गरेको हो ।
खेलको ६४ औं मिनेटमा निशान खड्काको क्रसमा गोल गर्दै निशान लिम्बूले धनगढीलाई अग्रता दिलाए ।
६९ औं मिनेटमा निशान लिम्बूको पासलाई सदुपयोग गर्दै अलावाले अफिजले टोलीको अग्रता दोब्बर बनाए ।
८० औं मिनेटमा बुद्ध वल तामाङले गोल गर्दै धनगढीलाई सहज जित दिलाए ।
जितसँगै धनगढी ४ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।
चितवनको ३ खेलबाट २ अंक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।