नेयमार भित्र्याउने प्रयासमा बार्सिलोना

स्पेनिस क्लब बार्सिलोना आफ्नो पूर्वखेलाडी नेयमारलाई क्याम्प नोउ फर्काउने प्रयासमा रहेको छ । उ चाहन्छ, लियोनेल मेस्सी र नेयमार फेरि सँगै खेलुन् ।

यी ब्राजिलियनले पनि मेस्सीसँग खेल्ने इच्छालाई लुकाउन सकेका छैनन् । उनले बेला बेलामा भन्दै आएका छन्, मेस्सीसँग फेरि खेल्ने इच्छा छ । 

यसका लागि कहिले उनी बार्सिलोना फर्कने त कहिले मेस्सीलाई पिएसजी ल्याउने प्रयासमा छन् ।  

बार्सिलोनाका नयाँ अध्यक्ष जोन लोपार्टा पनि यही समरमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बाट नेयमारलाई क्लब फर्काउन इच्छुक देखिएका छन् । 

एक रिपोर्टले लोपार्टाले नेयमारको बारेमा कुरा राखेको तर पिएसजीले सिधै अस्वीकार गरेको बताएको छ ।

रिपोर्टका अनुसार पिएसजीले बार्सिलोनालाई फर्काएको जवाफमा भनिएको छ, नेयमार बिक्रीका लागि होइनन् । 



नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका थिए । उनी र पिएसजी बीचको सम्झौता सन् २०२२ को समरमा सकिँदै छ । 



  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार ११:१९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया