के रामोस र भारानेको दस वर्षे साझेदारी अन्त्यतिर आएको हो ?

उनीहरूले २२८ खेल सँगै खेले, ४ च्याम्पियन्स लिग, ३ ला लिगा, ४ क्लब विश्वकप, २ युइएफए सुपर कप, १ कोपा डेर रे र २ सुपर कप स्पेन जिते तर यो साझेदारी अन्त्यतिर आएको छ । 

उनीहरू अर्थात् स्पेनिस क्लब रियल मड्रिडका २ सेन्टर ब्याक सर्जियो रामोस र राफेइल भाराने ।

करिब १० वर्षअघि यी दुईले पहिलोपटक सँगै खेलेका थिए । रोय भाल्कानोविरुद्ध ६-२ को सानदार जित दर्ता गरेको खेलमा भारानेले पनि टिमका लागि १ गोल गरे ।
त्यतिबेला रामोस २५ र भाराने १८ वर्षका थिए । यो सिजन उनीहरूले १३ खेलसँगै खेले र प्रत्येक खेलमा जित हात पारे ।

करिब १ दशकपछि यी दुई डिफेन्डरको भविष्य रियलमा अनिश्चित बन्दै गएको छ । यो सिजन उनीहरू कमै खेलमा सँगै मैदान उत्रिएका छन् । 

कप्तान रामोसको सम्झौता यही समरमा सकिँदै छ र उनीसँग नयाँ सम्झौता हुन सकिरहेको छैन ।

भारानेको सम्झौता पनि सन् २०२२ मा सकिँदैछ तर उनले सम्झौता थप्न कुनै चासो देखाएका छैनन् ।  



हाल उनीहरू आगामी सिजन रियलमा बस्छन् भन्ने टुङ्गो लागेको छैन । रियलसँग उनीहरूको विकल्पमा नाचो, इडर मिलिटाओ र आगामी सिजन क्लबमा आउने डेविड अलाबा मात्र छन् । 

के रामोस र भाराने रियलमै रहलान्  ?



रियल मड्रिड आफ्ना दुवै सेन्टर ब्याकसँग नयाँ सम्झौता गर्ने प्रयासमा छ । रामोसले केही सर्तहरू राखेका छन् तर त्यति खुसी भने देखिँदैनन् ।

अहिले पनि कप्तान रामोस र रियल मड्रिडबीच छलफल जारी छ तर कुनै हल निस्कन सकेको छैन ।

रियललाई थाहा छ, फ्रेन्च खेलाडी भारानेलाई पनि विभिन्न क्लबबाट प्रस्ताव आएको छ । रियल उनलाई यो सिजन क्लबमै राखेर अर्को सिजन फ्रिमा पठाउने सोचमा छ ।
यदि रामोस र भारानेले यही समरमा रियल छाडेको खण्डमा क्लबलाई निकै असर पर्नेछ । रियललाई उनीहरू जस्ता भरपर्दो सेन्टर ब्याक पाउन निकै गाह्रो हुनेछ ।

उनीहरूको स्थान पूर्ति गर्न रियलले ट्रान्सफर बजारमा बढी ध्यान दिनुपर्ने हुन्छ । उसका लागि भिल्ला रियलका सेन्टर ब्याक पउ टोरेस एक राम्रा विकल्प हुन सक्छन् ।
रामोस सन् २००५ मा अर्को स्पेनिस क्लब सेभिल्लाबाट र भाराने फ्रेन्च क्लब लेन्सबाट सन् २०११ मा रियल आएका थिए ।

  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १२:३५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया