पोखरेलको सपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा विपक्षीको धर्ना

मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्ति बदर र शपथग्रहण रोक्न माग गर्दै लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा विपक्षी चार दलले धर्ना दिएका छन् । 

एमाले नेता शंकर पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको विरोधमा नेपाली कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चासहितका सांसदहरुले प्रदेश प्रमुख धर्मनाथ यादवको कार्यालय परिसरमा धर्ना दिएका हुन्। 

बहुमतबिना नै एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै सपथ रोक्नुपर्ने मागसहित सांसदहरु धर्नामा बसेका हुन् । 

कांग्रेस-माओवादी गठबन्धनले एमालेमा बहुमत पुग्ने ४१ सदस्य नरहेकाले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन हुन नसक्ने बताएका छन्। यता तीन दलीय गठबन्धनको तर्फबाट ४२ सांसदसहित कुलप्रसाद केसीले मुख्यमन्त्रीमा दाबेदारी पेश गरेका छन्।

 





  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १९:२३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया