वडाध्यक्ष बानियाँले दिए प्रहरीलाई एम्बुलेन्स

हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडाका वडाध्यक्ष राजेश बानियाँले सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ९ लाई एम्बुलेन्स सहयोग गरेका छन् । सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका बानियाँले आफ्ना बुबा वीरेन्द्रबहादुर बानियाँ र हजुरबुबा चेतसिं बानियाँको स्मृतिमा सहयोग गरेका हुन् । 

१४ लाख ५० हजार बराबरको एम्बुलेन्स बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी वसन्त लामाको उपस्थितिमा हस्तान्तरण भएको हो । हस्तान्तरण गर्दै वडाध्यक्ष बानियाँले जीवनमा आफ्ना अभिभावकले सामाजिक क्षेत्रमा लाग्न दिएको प्रेरणाले यहाँसम्म आइपुगेको भन्दै सहयोग गरेका बताएका थिए । 

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी लामाले एम्बुलेन्स प्राप्त गरे पनि सञ्चालन गर्न चुनौती रहेको बताए । विगतमा केही सामुदायिक प्रहरी सेवा केन्द्रले एम्बुलेन्स चलाउँदा विवाद र विभेदको कुरा आएकाले अबको दिनमा त्यस्तो हुन नदिन उनले आग्रह गरे ।

सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ९ का अध्यक्ष राम विष्टले एम्बुलेन्स सञ्चालनको जिम्मा केन्द्रले लिने बताए । उनले मकवानपुर जिल्लाको सडक दुर्घटनामा पहिलो प्राथमिकता दिएर एम्बुलेन्स प्रयोग गरिने बताए ।





  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १९:२६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया