प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, स्वास्थ्य संकटकाल लगाउन सक्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन्। आइतवार बसेको मन्त्रिपरिषद्ले हवाई उडान र सीमानाका बन्द गरेलगत्तै थप निर्णय लिन प्रधानमन्त्रीले अर्को बैठक बोलाएका हुन्। 

प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अपरान्ह ४ बजे पछाडि मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्न लागेको हो। उनले स्वास्थ्य संकटकाल लगाउने विषयमा आफू अनभिज्ञ भएको बताएका छन्। 'मन्त्रिपरिषद् बस्दैछ', उनले भने, 'एजेन्डाबारे मलाई पनि प्रष्ट जानकारी छैन।'

समाचार सूत्रहरूका अनुसार प्रधानमन्त्रीले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा गर्न सक्नेछन्। उनले  यही वैशाख २७ गतेका लागि संसद बोलाएर विश्वासको मत लिने तयारी गरेका छन्। 

हिजो एकै दिन हालसम्मकै उच्च ७२ सयलाई कोरोना पुष्टि भएको थियो। कोरोनाको दोस्रो लहरले भयंकर रुप लिइसकेको अवस्थामा सरकारमाथि स्वास्थ्य संकटकाल लगाउन दबाब बढिरहेको छ। 





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १४:३०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया