गण्डकी र सुदूरपश्‍चिमका प्रदेश प्रमुखले सपथ लिए

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त दुवैजनाले आजै पद तथा गोपनीयताको सपथ लिएका छन्। गण्डकी प्रदेश प्रमुखका नियुक्त सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्।

शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए। उनीहरुलाई आजै बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।

आजै बसेको मन्त्रिपरिषद्ले गण्डकी र सुदूरपश्‍चिम प्रदेशका प्रदेश प्रमुखहरु अमिक शेरचन र शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।  माओवादी केन्द्रनिकट दुवैजनालाई पदमुक्त गरेर उनीहरुको ठाउँमा पौडेल र यादवलाई नियुक्तिको सिफारिस गरेको थियो। 


 





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १९:१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया