लुम्बिनी प्रदेशको सरकारलाई विपक्षी चार दलले बहिष्कार गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई विपक्षी चार दलले बहिष्कार गर्ने भएका छन् । चार दलीय गठबन्धनको सोमबारको बैठकले यस्तो घोषणा गरेको हो । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको चारदलीय गठबन्धनले मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको भन्दै बहिष्कार गर्ने घोषणा गरेका हो । अल्पमतमा परेको व्यक्तिलाई एकल बहुमतीय दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरिएकोप्रति उनीहरुले असन्तुष्टि जनाएका छन् । 

बुटवलमा सोमबार पत्रकार सम्मेलन गर्दै गठबन्धनले प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्न पनि माग गरेको छ। प्रमुख यादवले अवैधानिक रुपमा अल्पमतमा परेका पोखरेललाई मुख्यमन्त्री नियुक्ति गरेको उनीहरुको आरोप छ ।  

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले अविश्वासको प्रस्तावलाई टुंगोमा पुर्याउन विशेष अधिवेशनको माग गर्दै अल्पमतमा रहेका मुख्यमन्त्रीलाई स्वीकार गर्न नसकिने बताए।

कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले संविधानविपरीत भएको पोखरेलको नियुक्ति बदर गर्न माग गरेका छन् । 





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार २१:१३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया