उपत्यकाका तीनै जिल्लाका सीडीओको बैठक बस्दै
निषेधाज्ञा थप गर्ने तयारी

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। अहिले १ बजेका लागि बैठक बोलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। 

उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने विषयमा छलफलका लागि बैठक बस्न लागेको हो। आजको बैठकले निषेधाज्ञा थप गर्ने पराजुलीको भनाइ छ। पहिलो चरणमा लगाइएको निषेधाज्ञा भोलि २२ गते राति १२ बजेदेखि सकिँदैछ। अब थप कडाइका साथ निषेधाज्ञा लगाउने विषयमा तिनै जिल्लाका सीडीओहरू एकमत छन्। 

ललितपुरका सीडीओ कोरोना संक्रमित भएपछि अनलाइनमार्फत बैठकमा सहभागी हुनेछन्। उनको ठाउँमा सहायक प्रमुख जिल्ला अधिकारी बैठकमा सहभागी हुनेछन्। आफू कोरोना संक्रमित भएपछि भौतिक रुपमा बैठकमा सहभागी नहुने सीडीओ ढुन्डी प्रसाद निरौलाले बताए।





  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १२:५७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया