राफइल भारानेले चेल्सी विरुद्धको खेल गुमाउने

स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च डिफेन्डर राफइल भाराने च्याम्पियन्स लिग सेमिफाइनल अन्तर्गत इङ्लिस क्लब चेल्सी विरुद्धको दोस्रो लेग गुमाउने भएका छन् ।

भारानेले मांसपेशीमा समस्या देखिएपछि चेल्सी विरुद्धको खेल गुमाउने पक्का भएको रियलले जानकारी दिएको छ । 

ला लिगा अन्तर्गत शनिबार राति ओसासुना विरुद्ध खेल्ने क्रममा भारानेको मांसपेशीमा समस्या देखिएको थियो ।

भारानेको अनुपस्थितिले रियलको डिफेन्समा केही असर गर्ने देखिन्छ । रियलका दुई डिफेन्डर लुकास भास्केस र ड्यानी कार्भाजलले पनि चोटका कारण यो खेल गुमाउने छन् ।

चोटकै कारण लामो समयदेखि मैदान बाहिर रहेका कप्तान सर्जियो रामोस र फर्लान्ड मेन्डी पनि चेल्सी विरुद्धको खेलमा उपलब्ध हुने वा नहुने कुनै टुङ्गो छैन ।

रियलले बुधबार चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा च्याम्पियन्स लिग सेमिफाइनल अन्तर्गत दोस्रो लेग खेल्दै छ । 



पहिलो लेगमा घरेलु मैदानमै १-१ को बराबरी खेलेको रियललाई फाइनल पुग्न कम्तीमा पनि १-० जित आवश्यक छ । 
 



  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १३:१३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया