प्रदेश १ मा कोरोना संक्रमित ६ जनाको मृत्यु

कोरोना संक्रमणका कारण मंगलबार मोरङमा पाँच र वीपी प्रतिष्ठानमा एक जना गरी ६ जनाको मृत्यु भएको छ ।

विराटनगरको नोबेल मेडिकल कलेजमा चार जनाको र एक जनाको बेलबारीमा होम आइसोलेसनमा मृत्यु भएको हो ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेमध्ये दुई जना महिला र तीन जना पुरुष रहेका छन् ।

मोरङको बेलबारीका एक, विराटनगरका एक, सुनसरीको धरानका एक, इलामका एक र सप्तरीका एक जनाको मृत्यु भएको हो ।

बेलबारी नगरपालिका-२ का ६६ पूर्व प्रहरी सहायक निरीक्षक (असई) को होम आइसोलेसनमा मृत्यु भएको हो ।

उनको वैशाख १६ गते पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।



त्यस्तै विराटनगर महानगरपालिका-१४ घर भएका ६२ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई सोमबार नोवेलको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

इलामको इलाम नगरपालिका-४ घर भएकी २९ वर्षीया महिलाको पनि नोवेलमै मृत्यु भएको छ । परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि गत वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो ।



यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-८ का ७७ वर्षीया वृद्धा महिलाको पनि नोवेलमै उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमित उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो ।

दमको समस्या रहेका वृद्धको बिहान ५ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै सप्तरी हनुमाननगर-कङ्कालीनी-२ का ३५ वर्षीय पुरुषको नोबेल अस्पतालमा मृत्यु भएको नोवेल मेडिकल कलेज विराटनगरले जनाएको छ । उनलाई वैशाख १७ गते  भर्ना गरिएको थियो ।  

यसैगरी कोरोना संक्रमण भई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा भर्ना गरिएका सप्तरीका एक जना पुरुषको ज्यान गएको छ ।

सप्तकोसी नगरपालिकाका ५० वर्षीया पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई १२ गते अस्पता भर्ना गरिएको थियो  ।

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १३:२५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया