लुम्बिनी प्रदेशका एमाले सांसद माओवादी केन्द्रमा प्रवेश गर्दै

लुम्बिनी प्रदेशका नेकपा एमालेका एक सांसद नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्। 

यसअघि मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा देखिएका अमरबहादुर डाँगी माओवादी प्रवेश गर्न लागेका हुन् । डाँगी दाङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सदस्य हुन्।

डाँगीले सांसद पदबाट राजीनामा दिने तयारी गरेका छन् । माओवादीमा प्रवेश गर्दा मुख्यमन्त्री पोखरेलले सांसद पदबाट कारबाही गर्ने भएकाले उनले त्यसअघि नै राजीनामा गर्ने भएका हुन् । 

यसअघि एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य दृगनारायण पाण्डेले राजीनामा दिएका थिए। राजीनामा दिएसँगै उनी नेपाली कांग्रेस प्रवेश गरेका थिए।

डाँगीले राजीनामा दिए मुख्यमन्त्रीको पक्षमा ३८ जना सांसद मात्रै हुने भएका छन्।  





  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १६:५७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया