मकवानपुरमा ७४० जना होम आइसोलेसनमा

मकवानपुरमा मंगलबार ७६ जनामा कोभिड-१९ पुष्टि भएसँगै जिल्लामा होम आइसोलेसन बस्नेको संख्या ७ सय नाघेको छ ।

हेटौंडा प्रादेशिक किटजन्य प्रयोगशालामा मंगलबार ११० जनाको नमुना परीक्षण गर्दा ५७ जनामा कोरोना पोजेटिभ देखिएको हो । यसै गरी एन्टिजेनबाट परीक्षण गरिएका मध्ये १९ जनामा संक्रमण पुष्टि भएको हो । दिउँसो २ बजेसम्मको तथ्यांकअनुसार जिल्लामा हालसम्म ४ हजार ७२२ जनामा संक्रमण पुष्टि भएको छ ।

कोभिड-१९ का कारण हालसम्म जिल्लामा ४० जनाको मृत्यु भएको छ भने अहिलेसम्म ३ हजार ९१३ जना डिस्चार्ज भइसकेका छन् । ७४० जना होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सामान्य लक्षण देखिएका १९ संक्रमित गौरिटार आइसोलसनमा बसेका छन् भने गम्भीर बिरामी भएका १३ जना संक्रमित हेटौंडा अस्पतालको कोभिड-१९ उपचार कक्षमा उपचाररत छन् । 

३ दिनमा पाँचको मृत्यु

बारा जिल्लाका एक पुरुषको मंगलबार दिउँसो साढे १२ बजे उपचारका क्रममा मृत्यु भएको छ । योसँगै हेटौंडा अस्पतालको कोभिड-१९ उपचार कक्षमा गएको ३ दिनमै पाँच जनाको मृत्यु भएको छ । यसअघि मंगलबार बिहान एक महिलाको मृत्यु भएको थियो । अहिले हेटौंडा अस्पतालको कोभिड-१९ उपचार कक्षमा १३ जना गम्भीर संक्रमितहरु उपचाररत छन् । जिल्लामा ७ जना पत्रकारहरू समेत कोरोना संक्रमित भएका छन् ।





  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १७:५९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया