सुनसरीमा मंगलबार मध्यरातिदेखि जिल्लाभर लकडाउनको आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालयले यसअघि २४ गतेसम्म सीमित क्षेत्रमा निषेधाज्ञा गरेकोमा मंगलबारबाट जिल्लाभर लकडाउनको आदेश जारी गरेको हो ।
मंगलबार दिउँसो बसेको डिसिसिएमसिको बैठकले ३१ गते मध्यरातिसम्म अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द हुनेगरी निर्णय गरेको छ ।
अत्यावश्यक सेवाबाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधन पनि मंगलबार रातिदेखि वैशाख ३१ गते रातिसम्म जिल्लाभर पूर्णरुपमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले उक्त नियमको पालना नगरे कारबाहीको दायरा समेत अगाडि बढाइने जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।