३ हजार भाइल रेम्डेसिभिर काठमाडौं आइपुग्यो, भोलि थप ४ हजार भाइल आउने

कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधी ‘रेम्डेसिभिर’ काठमाडौं आइपुगेको छ। औषधी व्यवस्था विभागले यो औषधी ल्याउने जिम्मा निजी संस्था हाम्रो मेडी कन्सर्नलाई दिएको थियो । कन्सर्नले पहिलो चरणमा ३ हजार भाइल रेम्डेसिभिर काठमाडौं ल्याएर वितरण समेत गरिसकेको छ। 

दोस्रो लटमा भोलि ४ हजार भाइल रेम्डेसिभिर काठमाडौं आइपुग्ने विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए । आज आएकोमध्ये २ हजार ४०९ भाइल रेम्डेसिभिर वितरण गरिसकिएको सूचना अधिकारी केसीले बताए। 

पहिलो प्राथमिकतामा सरकारले तोकेका कोभिड अस्पतालहरुलाई आज वितरण गरिएको हो।

आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जलाई १३५, नेपाल पुलिस हस्पिटललाई १०८, ग्रान्डी हस्पिटललाई ५४, चियायु नेसलन हस्पिटललाई ५४, केडिसीलाई २७, भक्तपुर हस्पिटललाई २७, मध्यपुर हस्पिटललाई १२, ह्याम्स हस्पिटललाई १०८, बी एन्ड बीलाई ५४, नर्भिकलाई ५४, सहिद शुक्रराज ट्रपिकल एन्ड सरुवा रोग अस्पताललाई १०८ भाइल रेम्डेसिभिर उपलब्ध गराइएको छ।

त्यसैगरी, काठमाडौं मेडिकल कलेजलाई ५४, हेल्पिङ ह्यान्स सामुदायिक हस्पिटललाई २७, ओम हस्पिटललाई ५४, निदान हस्पिटललाई ५४, मेडिकेयर हस्पिटललाई ५४, बयोधा हस्पिटललाई १२, ग्रिनसिटी हस्पिटललाई ५४, खांग्री हस्पिटललाई १२, मनमोहन मेमोरियल हस्पिटललाई २४, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई १२ नेपाल आर्मी हस्पिटललाई ५४, नेपाल सशस्त्र प्रहरी अस्पताललाई ५४, सुमेरु सिटी हस्पिटललाई १८ भाइल रेम्डेसिभिर वितरण गरिएको छ।

त्यस्तै मेडिप्लसलाई १२, कोरियन मैत्री हस्पिटललाई १२, शिर मेमोरियललाई १२, वीर हस्पिटललाई ५४, मेडिसिटी हस्पिटललाई १०८, नेपाल मेडिकल कलेजलाई १२, पाटन हस्पिटललाई ५४, स्टार हस्पिटललाई १२, मेघा हस्पिटललाई २७, सिभिल सर्भिस हस्पिटललाई १०८ भाइल रेम्डेसिभिर वितरण गरिएको छ।



नेपाल नेसनल हस्पिटललाई ५४, नारायणी उपक्षेत्रीय हस्पिटललाई ५४, भरतपुरलाई १८, फिस्टेल हस्पिटल पोखरालाई २७, कीर्तिपुर हस्पिटललाई २७, दीर्घायु गुरु हस्पिटललाई २७, काठमाडौं मोडेल हस्पिटललाई २७, लुम्बिनी प्रादेशिक अस्पताललाई १०८, युसिएमएसलाई ५४, राप्ती उपक्षेत्रीय अस्पताललाई ५४, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरलाई १०८, स्वास्थ्य सेवा विभागलाई १०८, सिविक हस्पिटललाई २७, सहिद मेमोरियल हस्पिटललाई २७, बिपी स्मृति हस्पिटललाई २७, नेपाल भारत मैत्री हस्पिटललाई समेत २७ भाइल वितरण गरिएको छ।

नेपालमा यसको अभाव भएसँगै कालोबजारीमा ५० हजार रुपैयाँसम्म तिरेर किन्नुपरेको छ। विभागले सबै प्रकारका कोभिड-१९ का बिरामीलाई रेम्डेसिभिर औषधी आवश्यक नपर्ने र यो औषधी कोभिड-१९ को अचुक औषधी समेत नभएको जनाएको छ। 



सिफारिसकर्ता चिकित्सहरूले समेत उपचार प्रोटोकल अनुसार सिफारिस गरी औषधीको तर्क संगत प्रयोगलाई प्रोत्साहन गर्न विभागको अनुरोध छ। 

आगामी दिनमा यो औषधी सबै तोकिएका कोभिड अस्पतालमा क्रमश: सहज उपलब्ध हुने सूचना अधिकारी केसीको भनाइ छ। 

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १९:५५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया