गुगललाई टक्कर दिन याहु खरिद गर्दै माइक्रोसफ्ट
एप्पलले आईओएस १४ मा गुगल नराख्‍ने

याहु कुनै बेला विश्वकै नम्बर वान सर्च इन्जिन थियो।  तर गुगलले विस्तारै विस्तारै यसको बादशाह ताज पूरै समाप्त गरिदियो। गुगलको साम्राज्यबीच अब बिल गेट्सको कम्पनी माइक्रोसफ्ट कर्पोरेशनले याहु इङ्कलाई किन्‍ने योजना बनाएको छ।

त्यसका लागि माइक्रोसफ्टले याहुलाई ४४.६ बिलियन डलरको अफर दिएको छ। यदि यो सम्झौता सम्भव भयो भने दुवै कम्पनीले गुगलका लागि चुनौती खडा गर्न सक्षम हुनेछन्। 

याहुले शुक्रवार यो प्रस्तावप्रति बोर्डमा छलफल भइरहेको बताएको छ। ७० करोड युजर बेस भएको याहुको शेयर मूल्य ४८ प्रतिशत बढेर यस समय लगभग २८.३३ डलर भएको छ।

याहुलाई माइक्रोसफ्टले किन्‍न खोजेको यो पहिलो पटक भने होइन। सन् २००८ यता कम्पनीले लगातार यसका लागि कोसिस जारी राखेको छ। माइक्रोसफ्टले याहु बोर्डलाई एक पत्र लेख्दै प्रति शेयर ३१ डलर र स्टकको प्रस्ताव गरेको छ। यदि यो सम्झौता भयो भने याहुका प्रयोगकर्तालाई अनेक किसिमका फाइदा मिल्नेछन्। 

याहुमा ५ सय मिलियन (५० करोड) प्रयोगकर्ता समाचार, फाइनान्स र स्पोर्टसका लागि आउने गरेका छन्। कन्ज्युमर ईमेल सर्भिसमा यो नम्बर एक छ। तर विज्ञहरुले दुवै कम्पनीले कयौँ एकै किसिमका बिजनेस रहेको बताएका छन्। यिनमा इन्स्टेन्ट म्यासेजङ्बाट ईमेल र विज्ञापन सामेल छन्। समाचार, ट्राभल र फाइनान्स साइटका साथै वेब सर्च मार्केट पनि उस्तै छ। तर यी सबैमा अहिले पनि गुगलको दबदबा छ।

गुगलसँगको प्रतिस्पर्धाले फाइदा



अहिले गुगल इन्टरनेट दुनियाँको बादशाह रहेको कुरामा कुनै दुई मत छैन। गुगल सर्च इन्जिनदेखि लिएर स्मार्टफोन, एन्ड्रोयड अपरेटिङ सिस्टमसम्म गुगलले नियन्त्रण जमाएको छ। धेरै मानिस गुगलको एप्स र सफ्टवेयरमा पूरै निर्भर छन्। यहीकारण अब गुगलले विस्तारै आफ्ना कयौँ सेवालाई मूल्य तोक्दैछ। केबल  गुगल फोटोजका लागि ग्राहकले मासिक करिब १५० रुपैयाँ खर्च गर्नुपर्ने हुन सक्छ।

यस्तोमा माइक्रोसफ्टको हातमा याहुको कमान आएमा गुगललाई चुनौती दिन कयौँ सेवा सुविधा सार्वजनिक हुन सक्छ। अहिले पनि याहुसँग कयौँ सर्भिस छन्, जसको फाइदा माइक्रोसफ्टले लिन सक्छ। यी सर्भिसको आडमा माइक्रोसफ्टले गुगलका प्रयोगकर्तालाई आफ्नोतर्फ तान्‍न सक्छ।



याहु सर्भिसेजको सूची

याहु सर्च इन्जिन
याहु मेल
याहु इन्टरटेनमेन्ट
याहु फाइनान्स
याहु लाइफस्टाइल
याहु मेल    
याहु न्यूज
याहु रिसर्च
याहु सपिङ
याहु स्मल बिजनेस
याहु स्पोर्ट्स
याहु ट्राभल

७० करोड प्रयोगकर्ता

सन् २०१९ मा माइक्रोसफ्टको विङ्ग सर्च इन्जिनमा केबल अमेरिकामा १२६ मिलियन प्रयोगकर्ता थिए। गजबको कुरा त अमेरिकामा गुगल सर्च इन्जिनभन्दा धेरै प्रयोगकर्ता विङ्ग सर्च इन्जिन चलाउँछन्। सन् २०२० मा याहु सर्च इन्जिनमा हरेक महिना करिब ७ सय मिलियन (७० करोड) प्रयोगकर्ता आएका थिए। यिनमा हरेक महिना सक्रिय प्रयोगकर्ता २२५ मिलियन (२२.५ करोड) थियो।

एप्पल पनि 

फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार एप्पलले सर्च इन्जिन गुगलको दादागिरी समाप्त गर्ने प्रयासको सुरुवात गरेको छ। आईफोनको नयाँ अपरेटिङ सिस्टम आईओएस १४ मा एप्पलले आफ्नो सर्च रिजल्ट देखाउन थालेको छ। एप्पलले पहिलो पटक कुनै अपरेटिङ सिस्टममा गुगलको सर्च रिजल्ट नदेखाएको हो।

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार २०:३१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया